मिस एण्ड मिसेस डिसएबिलिटी क्विन नेपाल’चैत्र २१ गते हुने

मिस एण्ड मिसेस डिसएबिलिटी क्विन नेपाल’चैत्र २१ गते  हुने
Glammandu प्रकाशित: विहीबार, १९ चैत्र २०७७, १८ : २४ pm

नेपालमा पहिलोपटक मिस एण्ड मिसेस डिसएबिलिटी क्विन नेपाल – २०२१ प्रतियोगिता हुने भएको छ । आज रिपोर्टर्सक्लब नेपालमा पत्रकार सम्मेलन गरेर ग्रिन आर्टस् मिडिया प्रा.लि. र अपाङ्गता भएका व्यक्तिहरुको सांस्कृतिक समाज नेपालको सहकार्यमा चैत्र २१ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा प्रतियोगिता हुने जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमाबोल्दै ग्रिन आर्टस् मिडियाका कार्यकारी अधिकृत प्रविन लाकौलले असक्षमता हटाएर शारीरिक अपांगता भएता पनि उनीहरुको दिमागको क्षमतालाई मध्यनजर गर्दै भित्री सुन्दरता प्रस्तुतगर्न लागेको जानकारी दिए । अपांगता भएका व्यक्तिहरुको सांस्कृतिक समाज नेपालसँग सहकार्य गरेर कार्यक्रम तय गरेको लाकौलले बताए । उनले भने, ‘हाम्रो सानो सहयोगले मन्दिरमा मुुस्कान र अपांगता व्यक्तिहरुको सकारात्मक सोच पलाउँछ ।’

अपांगता भएका व्यक्तिहरुको सांस्कृतिक समाज नेपालका सभापति सरिता थुलुङले असक्षमता भएका व्यक्तिको क्षमतालाई प्रस्तुतगर्न कार्यक्रमको आयोजना गरेको बताइन् । उनले अपांगता भएकाव्यक्तिहरुको क्षमताउनीहरुमा लुकेर रहेको प्रतिभालाई समाजमा क्षमता प्रस्तुतगर्न कार्यक्रमको आयोजना गरेको स्पष्ट पार्दै भनिन्, ‘समाजमा अपांग व्यक्तिको एक अलग्गै परिचय बनाउन सहयोग हुने विश्वास लिएका छौ ।’शारीरिक विवाहित र अविवाहित महिलाको लागि पहिलो पटक सुरु गरेको र पछिल्ला दिनमा उनीहरु खुशी भएमा अन्यविधामा पनि संस्थाले सहयोग गर्ने बताइन् । उनले १४ जनाले प्रतियोगितामाभागलिने बताइन् । थुलुङले क्विनमात्र नभएर अन्य क्षमतालाई पनि कदर गर्दै पुरस्कृत गर्ने जानकारी दिइन् । 

प्रतियोगिता यहि चैत्र २१ गते हेरिटेज गार्डेन, सानेपामा अनिला श्रेष्ठको कोरियोग्राफिमा सम्पन्नहुने संस्थाले जनाएको छ । 

प्रकाशित: विहीबार, १९ चैत्र २०७७, १८ : २४ pm

प्रतिक्रिया दिनुहोस

Related News