बिहीबार बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

बिहीबार बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
Glammandu प्रकाशित: विहीबार, १९ चैत्र २०७७, ११ : २१ pm

आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

हिजो (बुधबार) तोलाको ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (बिहीबार) ९ सय रुपैयाँले बढेर तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज (बिहीबार) चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित: विहीबार, १९ चैत्र २०७७, ११ : २१ pm

प्रतिक्रिया दिनुहोस

Related News