सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: बुधबार, १८ चैत्र २०७७, ११ : २२ pm

आज (बुधबार) पनि नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

हिजो (मंगलबार) तोलाको ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (बुधबार) ४ सय रुपैयाँले घटेर तोलाको ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८५ हजार ५ सय ५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज बुधबार चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले घटेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रकाशित: बुधबार, १८ चैत्र २०७७, ११ : २२ pm

प्रतिक्रिया दिनुहोस

Related News