चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति स्थगित !

चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति स्थगित !
Glammandu प्रकाशित: मंगलबार, १७ चैत्र २०७७, १२ : ५९ pm

नेपाली चलचित्र ‘मनसँग मन’को रिलिज स्थगित गरिएको छ । कोरोनको जोखिम बढेको भन्दै नेपाल सरकारले सभा, गोष्ठी, जुलुस, र्याली, भेला, सेमिनारलगायत भिडभाड हुने कार्य नगर्ने निर्देशन गरेसँगै फिल्मको रिलिज स्थगित गरिएको निर्माण पक्षले जनाएको छ । 

चलचित्र चैत २७ मा देशभर प्रदर्शनमा आउँदै थियो  । सोमबार निर्माण पक्षले प्रदर्शन मिति स्थगन भएको जानकारी दिँदै नयाँ पोष्टर सार्वजनिक गरेको छ । जसमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्धि  तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको मुख्य भूमिका रहेको छ । फिल्मको शिर्ष गीतमा भने नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन् ।

चलचित्रमा कैलाश राइको निर्देशन रहेको छ, भने सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, अर्जुन पोखरेल, दीपक शर्मा र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, सन्तोष खवासको द्वन्द्व छ । 

यसअघि चलचित्र  ‘लप्पन छप्पन २’ ले पनि प्रदर्शन स्थगित गरेको थियो । 

प्रकाशित: मंगलबार, १७ चैत्र २०७७, १२ : ५९ pm

प्रतिक्रिया दिनुहोस

Related News