मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: मंगलबार, १७ चैत्र २०७७, ११ : २० pm

आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

हिजो (सोमबार) तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (मंगलबार) ५ सय रुपैयाँले घटेर तोलाको ८६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८५ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८६ हजार ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज (मंगलबार) चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित: मंगलबार, १७ चैत्र २०७७, ११ : २० pm

प्रतिक्रिया दिनुहोस

Related News