लोकप्रिय पुरुष मोडलका लागि पल, पुष्प,आकाश,नाजिर र सुधिरका बिच प्रतिस्पर्धा,कस्ले मार्ला बाजी ?

लोकप्रिय पुरुष मोडलका लागि पल, पुष्प,आकाश,नाजिर र सुधिरका बिच प्रतिस्पर्धा,कस्ले मार्ला बाजी ?
Glammandu प्रकाशित: सोमबार, १६ चैत्र २०७७, ११ : ४९ pm

तुल्सी मिडियाको आयोजनामा हुन लागेको नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ को उत्कृस्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्न लागिएको हो । तुल्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले आगामी बैशाख पहिलो साता अवार्डको भव्य समारोह राजधानीमा गरिने बताएका छन् ।

अवार्डका लागी सार्वजनिक मनाेनयन अनुसार लोकप्रिय पुरुष मोडेलका लागि पल शाह ,पुष्प खड्का ,आकाश श्रेष्ठ ,नाजिर हुसेन  र सुधिर श्रेष्ठका बिचमा प्रतिस्प्रधा हुने भयको छ । त्यस्तै लोकप्रिय महिला मोडेलका लागि अन्जली अधिकारी,मलिका महत,लक्ष्मी बर्देवा, स्वस्तिमा खड्का र गरिमा शर्मा  बिचमा प्रतिस्प्रधा हुने छ ।

अवार्डको ३५ वटा विधाको उत्कृस्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। जुरीहरुको टिमले फर्म भरेका गीतहरु मध्येबाट उत्कृस्ट पाँच सार्वजनिक गरेका हुन्। नेपाली गीत संगीतलाई प्रवर्धन गर्दै नेपाली साँगीतिक क्षेत्रको चलायमान र क्रियाशिलतालाई यस अवार्डले अझ बढाउने आयोजकले बिस्वाश लिएको छ ।

पपुलर तर्फका सबै विधामा प्रत्यक्ष भोटिङ समेत हुने तुल्सी मिडियाले जनाएको छ । यस्तै दुई दशक भन्दा लामो समय संगीतमा बिताएका एक श्रष्टालाई नगद सहित लाईफटाईम एचिभमेन्ट अवार्ड द्धारा सम्मान गरिने पनि आयोजकले जनाएको छ ।

प्रकाशित: सोमबार, १६ चैत्र २०७७, ११ : ४९ pm

प्रतिक्रिया दिनुहोस

Related News