सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: सोमबार, १६ चैत्र २०७७, ११ : २४ pm

आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

गएको (शुक्रबार) तोलाको ८६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (सोमबार) २ सय रुपैयाँले बढेर तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ५० रुपैयाँ कायम भएको छ । गएको शुक्रबार तेजावी सुनको मूल्य तोलाको ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको थियो । 

त्यस्तै, आज (सोमबार) चाँदीको मूल्य भने घटेको छ । गत शुक्रबार तोलाको १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रकाशित: सोमबार, १६ चैत्र २०७७, ११ : २४ pm

प्रतिक्रिया दिनुहोस

Related News