बलिउडमा कोरोना प्रभावः ‘बन्टी और बब्ली २’ को प्रदर्शन स्थगित

बलिउडमा कोरोना प्रभावः ‘बन्टी और बब्ली २’ को प्रदर्शन स्थगित
Glammandu प्रकाशित: शुक्रबार, १३ चैत्र २०७७, ११ : ४१ pm

लकडाउनका कारण लामो समय बन्द  रहेको बलिउड लकडाउन पछि केहि चलमलाउँदै गरेको थियो तर पुनः कोरोनाको दोश्रो लहर देखिए संगै पुनः बलिउडमा ठुलो असर पर्ने देखिएको छ । 

कोरोनाको प्रभाव कम भए संगै बलिउडमा ठुला ठुला ब्यानरका फिल्महरु रिलिजको तयारीमा थिए । तर, तर भारतामा पुनः कोरोनाको दोस्रो लहर देखिन चनलेपछि भटाभा फिल्मका रिलिज मिति स्थगित हुन थालेकाछन् । 

यसै बिच बलिउड अभिनेता सैफ अलि खान र रानी मुखर्जीको चलचित्र ‘बन्टी और बबली २’ को रिलिज मिति पनि परिवर्तन गरिएको छ । अप्रिल २३ मा रिलिज हुने भनिएको चलचित्र भारतमा कोरोनाको दोश्रो लहर देखिएपछि अब सोही मितिमा रिलिज नहुने भएको हो । 

यशराज ब्यानरको निर्माण रहेको चलचित्रमा सैफ अलि खान रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी र नव कलाकार शारवरीको मुख्य भूमिका रहेको छ ।

प्रकाशित: शुक्रबार, १३ चैत्र २०७७, ११ : ४१ pm

प्रतिक्रिया दिनुहोस

Related News