शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: शुक्रबार, १३ चैत्र २०७७, ११ : १२ pm

आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

हिजो (बिहीबार) तोलाको ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (शुक्रबार) ६ सय रुपैयाँले घटेर तोलाको ८६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८६ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो । 

त्यस्तै, आज (शुक्रबार) चाँदीको भने स्थिर रहेको छ । हिजो तोलाको १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । 
 

प्रकाशित: शुक्रबार, १३ चैत्र २०७७, ११ : १२ pm

प्रतिक्रिया दिनुहोस

Related News