दिपाश्री र सरोज खनालको फेसबुक एकाउन्ट ह्याक भएपछी दिपकको अनुरोध सबै सजग रहनुहोला

दिपाश्री र सरोज खनालको फेसबुक एकाउन्ट ह्याक भएपछी दिपकको अनुरोध सबै सजग रहनुहोला
Glammandu प्रकाशित: विहीबार, १२ चैत्र २०७७, १७ : ४४ pm

अभिनेत्री एवं निर्देशक दीपाश्र निरौला र अभिनेता सरोज खनालको फेसबुक एकाउन्ट ह्याक भएपछी कलाकार दिपकराज गिरीले सबैलाई सजग रहन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनर्ले दिपाजी को फेसबुक ह्यमक भएको छ सरोज खनाल दाईको पनि फेसबुक ह्याक भएको छ ह्याकरले चलचित्रकर्मीको फेसबुक ह्याक गर्दे पैसा माग्न थालेको छ अतः सजग हुनु होला । भनेका छन् । 

आजै अभिनेता सरोज खनाल र अभिनेत्री एवं निर्देशक दीपाश्र निरौलाको फेसबुक खाता ह्याक भएको छ ।

निरौलाको फेसबुक एकाउन्टबाट  ‘छक्का पञ्जा’ का सह–निर्माता सुमन गिरी भाञ्जालाई पैसा मागिएको छ । ह्याकरले नेपाली मै म्यासेज पठाएर आफ्नो बच्चा बिरामी भएर उपचारका लागि अस्पतालमा रहेको र पैसा जरुरी भएको भन्दै पैसा मागेको अभिनेता दीपकराज गिरीले जानकारी दिए ।


त्यस्तै, अभिनेता खनालको फेसबुक ह्याक गर्ने ह्याकरले बेलायतस्थित नेपाली समाजसेवी इशा गुरुङलाई म्यासेज गर्दै पैसा माग गरिएको बुझिएको छ । 

प्रकाशित: विहीबार, १२ चैत्र २०७७, १७ : ४४ pm

प्रतिक्रिया दिनुहोस

Related News