ह्याकरको निशानामा नेपाली कलाकारः दिपाश्री र सरोज खनालको फेसबुक एकाउन्ट ह्याक

ह्याकरको निशानामा नेपाली कलाकारः दिपाश्री र सरोज खनालको फेसबुक एकाउन्ट ह्याक
Glammandu प्रकाशित: विहीबार, १२ चैत्र २०७७, १५ : २१ pm

नेपालमा पनि पछिल्लो समय सेलेव्रिटीको सामाजिक संजाल ह्याकरको निसानामा पर्न थालेको छ । नाम चलेका सेलेव्रिटीको फेसबुक र इन्स्टाग्राम ह्याक गरी ह्याकरले पैसा माग्न थालेका छन् ।

आज विहिबार अभिनेता सरोज खनाल र अभिनेत्री एवं निर्देशक दीपाश्र निरौलाको फेसबुक खाता ह्याक भएको छ ।

निरौलाको फेसबुक एकाउन्टबाट  ‘छक्का पञ्जा’ का सह–निर्माता सुमन गिरी भाञ्जालाई पैसा मागिएको छ । ह्याकरले नेपाली मै म्यासेज पठाएर आफ्नो बच्चा बिरामी भएर उपचारका लागि अस्पतालमा रहेको र पैसा जरुरी भएको भन्दै पैसा मागेको अभिनेता दीपकराज गिरीले जानकारी दिए ।

एकाउन्ट ह्याक भएपछी दीपाश्री उजुरीका लागि महानगरीय अपराध महाशाखा पुगेकी छिन् । भरतपुरबाट किशार शाह नाम गरेका व्यक्तिले मेसेज गर्दै पैसा माग गरेको बताइन् ।

त्यस्तै, अभिनेता खनालको फेसबुक ह्याक गर्ने ह्याकरले बेलायतस्थित नेपाली समाजसेवी इशा गुरुङलाई म्यासेज गर्दै पैसा माग गरिएको बुझिएको छ । 

प्रकाशित: विहीबार, १२ चैत्र २०७७, १५ : २१ pm

प्रतिक्रिया दिनुहोस

Related News