किन सर्यो चलचित्र ‘लप्पन छप्पन २’ को रिलिज मिति ?

किन सर्यो चलचित्र ‘लप्पन छप्पन २’ को रिलिज मिति ?
Glammandu प्रकाशित: विहीबार, १२ चैत्र २०७७, १२ : ०९ pm

कोरोना संक्रमणको जोखिम बढेसँगै नेपाली फिल्म ‘लप्पन छप्पन २’ को रिलिज स्थगित गरिएको छ । कोरोनको जोखिम बढेको भन्दै नेपाल सरकारले सभा, गोष्ठी, जुलुस, र्याली, भेला, सेमिनारलगायत भिडभाड हुने कार्य नगर्ने निर्देशन गरेसँगै फिल्मको रिलिज स्थगित गरिएको निर्माण पक्षले जनाएको छ । 

फिल्मका निर्देशक मुकुन्द भट्टका अनुसार चलचित्र ‘लप्पन छप्पन २’ २७ चैतमा प्रदर्शनमा आउँन लागेको थियो । नयाँ मिति केही समयपछि सार्वजनिक गर्ने निर्देशक भट्टले जनाएका छन् ।

यसअघि पनि फिल्मको रिलिज मिति २ चोटी स्थगित भएको थियो। सरकारले भारतमा भयावह रुपमा फैलिएको कोरोना संक्रमणबाट सर्तक रहन आग्रह गरेपछि हलमा दर्शक नआउने देखेर निर्माण युनिटले फिल्मको पनि रिलिज मिति स्थगित गरेको हो । 

चलचित्रका शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ  ।

प्रकाशित: विहीबार, १२ चैत्र २०७७, १२ : ०९ pm

प्रतिक्रिया दिनुहोस

Related News