रणवीरसँग बप्पीको यस्तो प्रेम

रणवीरसँग बप्पीको यस्तो प्रेम
Glammandu प्रकाशित: बुधबार, ०९ चैत्र २०७८, ११ : ३६ pm

दिवंगत बलिउडका लोकप्रिय गायक र संगीतकार बप्पी लहरीले भारतमा डिस्को संगीतको सुरुवात गरेका थिए । सन् ८० देखि ९० को दशकमा भएका अधिकांश रेट्रो पार्टीमा बप्पीका गीत बज्दथे । उनको प्रतिभाबाट जोकोही परिचित थिए । उनको गत १५ फेब्रुअरीमा निधन भएपछि बलिउडले ठूलो क्षति व्यहोर्नुपर्‍यो ।

यिनै गायकका छोरा बप्पाले पिता बप्पीले आफ्नो बायोपिक बनाउन चासो दिएको खुलासा गरेका छन् । उनका अनुसार पिताले आफ्नो बायोपिक बनाउँदा उक्त बायोपिकमा अभिनेता रणवीर सिंहलाई ‘बप्पी’को भूमिका चरित्र हेर्न चाहेको बताउने गरेका थिए ।

‘उहाँ जहिल्यै पनि आफ्नो बायोपिकमा रणवीर सिंह काम गरून् भन्ने चाहनुहुन्थ्यो । तीन, चार वर्षअघि केही निर्मातासँग बायोपिकको बारेमा पनि कुरा भएको थियो । बुबा रणवीरलाई निकै मनपराउनु हुन्थ्यो’, बप्पाले भनेका छन् ।

उनले बायोपिकका विषयमा रणवीरसँग कहिल्यै कुरा नगरेको उल्लेख गरेका छन् । रणवीरसँग कुराकानी गर्नुअघि कथा लेखन र प्रि-प्रोडक्सनको काम सक्नुपर्ने भएपछि त्यो काम नसकिएको उनले खुलाए ।

‘अहिले हामी बायोपिक बनाउन सक्ने अवस्थामा र चरणमा छैनौं । रणवीरभित्र सबै गुण छन्, जुन मेरो पिताभित्र थियो । रणवीरमा संगीत बुझाइको ठूलो भण्डार छ । उनी मेरो पिताको ठूलो फ्यान हुन्, हामी उनलाई सम्मान गर्छौ,’ बप्पीले भनेका छन् ।

प्रकाशित: बुधबार, ०९ चैत्र २०७८, ११ : ३६ pm

प्रतिक्रिया दिनुहोस

Related News