पल शाह अभिनित गायक राजन तामाङको ‘पवित्र माया’ सार्वजनिक

पल शाह अभिनित गायक राजन तामाङको ‘पवित्र माया’ सार्वजनिक
Glammandu प्रकाशित: आइतबार, २९ फागुन २०७८, ११ : ४८ pm

अभिनेत एवम मोडल पल शाह अभिनित गायक राजन तामाङको ‘पवित्र माया’ बोलको गीत बजारमा आएको छ । गायक तामाङको सुमधुर आवाज रहेको उक्त गीतलाई पारीजात नेपालको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।

आर बि लामाले संगीत र रचना गरेको उक्त गीतलाई गायक एवम संगीतकार कर्साङ लामाले संगीत संयोजन र ध्वनी सम्पादन गरेका हुन । भिडियोमा अभिनेता पल शाह र मोडल गरिमा शर्माको अभिनय समेटिएको छ । राम कुमार केसीले छायांकन र
राजिव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, कलर र निर्देशन गरेका हुन् ।

अभिनेता पल शाह भने अहिले प्रहरी हिरासतमा छन । एक नाबालिक गायिकाले करणी गरेको आरोप लागेपछी उनी आँफैँ तनहुँँ प्रहरी कार्यालयमा पुगेका हुन् ।

हेर्नुहोस् भिडियो :

 

प्रकाशित: आइतबार, २९ फागुन २०७८, ११ : ४८ pm

प्रतिक्रिया दिनुहोस

Related News