आज विजया एकादशी : वृश्चिकलाई व्यापारबाट लाभ, धनुलाई चन्द्रमाको साथ रहने

आज विजया एकादशी : वृश्चिकलाई व्यापारबाट लाभ, धनुलाई चन्द्रमाको साथ रहने
Glammandu प्रकाशित: आइतबार, १५ फागुन २०७८, ०८ : २३ pm

५, फागुन २०७८ आइतबार । आइतबारलाई आदित्यबार पनि भनिन्छ । तद्नुसार फेबु्रवरी २७ तारिक २०२२ । फागुनकृष्णपक्ष एकादशी तिथि । आजको दिनलाई विजया एकादशी भनिन्छ । आजको दिन सनातनी र एकादशीको दिन व्रत गर्ने व्यक्तिले अन्न ग्रहण गर्दैनन् ।

आज बिहान सूर्योदय ६ः३३ मा भएकाे छ भने सूर्यास्त १८ः०१ मा हुनेछ । आज पूर्वषाढा नक्षत्र, व्यतिपात योग, चन्द्रमा धनु राशिमा छ । आजका देवता रुद्र र ग्रहदेव राहु रहेका छन् । आज ११ः५४ देखि १२ः४० सम्म अभिजित मुहूर्त रहेको छ । आज साँझ ४ः३७ देखि ६ः०३ सम्म राहुकाल  छ । आइतबार बिहान सूर्योदयको दर्शन गर्दा साताका दिन सक्रिय हुने मान्यतासमेत छ । त्यसैले आइतबारलाई सूर्यबार पनि भनिन्छ ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन बिहानको सूर्योदयको दर्शनपछि कार्य शुभारम्भ गर्दा अर्थ लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग हुनेछ । बिहानको उदाँउदो सूर्यको र देवालयको दर्शन  गरेर काम शुरु गर्दा साताभर तपाईको कार्यसििद्ध हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : तपाईंका लागि आजको दिन त्यति अनुकुल देखिदैन । यात्राको लागि अवसर आउनसक्छ ।  धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईंले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । आजको दिन मौन रहेर व्रत गर्दा पलदायी हुनेछ ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : मिथुन राशिका जातका लागि आजको दिन परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । त्यसैले आजको दिन विवाद हुनसक्ने कम नगर्नुहोला । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्न सक्छ ।  आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईंले सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)  : आजको दिन कर्कट राशि भएका जातकको  दाम्पत्य जीवनमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कुनै पनि काम गर्दा धैर्यको आवश्यक छ । व्यापार ब्यबसाय र कामबाट तपाईंलाई हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काम नगर्दा बेस हुनेछ ।   

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आज तपाईंको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईंले सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । आजको दिन बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । विवाद हुने काम र कुरा दुवै बर्जित गर्नुहोला ।   

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईंको दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको  दिन अर्थ लाभ हुनसक्छ । कन्या राशिका जातका लागि यात्राको लागि अवसर प्राप्त हुनेछ । आजको दिन शुरु गरेको यात्राले तपाईलाई नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । कमारीको फलाहार दिने र बस्त्र दान गर्नु राम्रो हुनेछ ।  

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) ; तपाईंको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आफ्नो नियमित काम बाहेक नयाँ काम  नगर्नुहोला ।  पनि विवाद हुने काम बाट टाडा रहनुहोला । विवाद गर्दा तपाईंमाथि अनेक आरोप लगाउन सक्छन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज ब्यापारबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । आर्थिक कारोबार गर्दा भने अलिकति सोच, होस र विचार गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)  : आफन्तलाई आजको दिन भेट गर्दा तपाईंलाई साथ सहयोग हुनुसक्छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापन क्षेत्रमा हुनुहुन्छ भने सरस्वती र आदित्यहद्यस्तोत्र पाठ गर्दा फलप्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ ।आजको दिन शुरु गरेको कार्य फलदायी हुनेछ ।   

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : मकर राशिको जातकको लागि अध्ययन अध्यापनमा सफलता मिल्नेछ । तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । सकारात्मक सोच र नयाँ काम गर्नका लागि हौसला प्राप्त हुनेछ । मित्र र घर परिवारको समेत साथ सहयोग रहने छ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले हरेक साताको आइतबार विहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अर्थलाभ, मित्रहरुको साथ सहयोग र सोचअनुसार काम हुनेछ । सामाजिक कार्यले तपाईलाई मनमा शान्ति मिल्नेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । साँझको समयका शिवालय यात्रा गर्दा फलदायी हुनेछ । सूयोदयको दर्शन उत्तम मानिन्छ । रचनात्मक कार्यमा मन जानेछ । आजको दिन बनेका कार्ययोजना पुरा गर्नुभयो भने साताका दिन फलदायी हुने योग रहेको छ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

 

प्रकाशित: आइतबार, १५ फागुन २०७८, ०८ : २३ pm

प्रतिक्रिया दिनुहोस

Related News