आजबाट सिनेमा हल खुल्ला हुने, पुष्पा र चपलीहाइट प्रदर्शनमा

आजबाट सिनेमा हल खुल्ला हुने, पुष्पा र चपलीहाइट प्रदर्शनमा
Glammandu प्रकाशित: आइतबार, ०१ फागुन २०७८, ११ : ०९ pm

कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हल आजवाट वाट खुल्ला हुने भएका छन् । 

जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजैवाट सिनेमा हलहरु नियमित रुपमा सञ्चालनमा आउने भएका हुन् । सिनेमा हल खुल्ला गर्ने अनुमति पाएसँगै काठमाडौं उपत्यकाका सिनेमा हलहरुमा दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शनमा जाने छन ।

कोभिड महामारी अन्तगर्तको ओमिक्रोन देखा परे पछि सरकारले माघ पहिलो साता देखी सिनेमाहल लगायतका सार्वजनिक स्थानमा भीडभाड कम गर्ने उदेश्यसहित बन्द गर्ने निर्णय गरेको थियो । 

प्रकाशित: आइतबार, ०१ फागुन २०७८, ११ : ०९ pm

प्रतिक्रिया दिनुहोस

Related News