सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: मंगलबार, १० चैत्र २०७७, ११ : ३४ pm

आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

हिजो (सोमबार) तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (मंगलबार) ३ सय रुपैयाँले घटेर तोलाको ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८६ हजार ५ सय ५० रुपैयाँ कायम भएको थियो । 

त्यस्तै, आज (मंगलबार) चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रकाशित: मंगलबार, १० चैत्र २०७७, ११ : ३४ pm

प्रतिक्रिया दिनुहोस

Related News