सागरको गहिराइमा निराजन र एलिसाको जोडी

सागरको गहिराइमा निराजन र एलिसाको जोडी
Glammandu प्रकाशित: शुक्रबार, २८ माघ २०७८, १२ : ४७ pm

मोडल एलिसा राई र निराजन प्रधानले ‘सागरको गहिराइ’मा जोडी बाँधेका छन् । गायक पार्कर लिम्बुको पछिल्लो गीत 'सागरकाे गहिराइ'मा याे जाेडी निकै जमेकाे छ ।

पप गायक लिम्बुको शब्द, संगीत र गायन रहेको सार्वजनिक गीतमा एलिसा र निराजनको जोडी निक्कै सुहाएको छ। सार्वजनिक म्यूजिक भिडियोमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ। 

निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियो छायांकन उत्तम हुमागाईंले गरेका हुन् । भिडियो सम्पादन विकाश धमलाले गरेका छन् । सार्वजनिक गीत गायक पार्करले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । 

 भिडियो हेर्नुहोस् :

 

प्रकाशित: शुक्रबार, २८ माघ २०७८, १२ : ४७ pm

प्रतिक्रिया दिनुहोस

Related News