अभिनेता अनमोल केसीले नयाँ चलचित्र ‘हनी बनी’मा साइन गरेका छन् । चलचित्र ‘एक्स ९’को छायांकन अनिश्चित बनेपछि अनमोलले दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘हनी बनी’का लागि लिखित सम्झौता गरेका हुन् । फिल्म ‘ए मेरो हजुर ४’ यता उनले आधा दर्जन फिल्म साइन गरे । तर, केही फिल्म उनले पछि स्क्रिप्ट चित्त नबुझेर छाडे भने केही फिल्म निर्माण नै हुन सकेका छैनन् ।
केही दिनअघि निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । बुझिए अनुसार, अनमोलले स्क्रिप्ट पढेको दुई दिनमा फिल्म साइन गरेका हुन् । चलचित्र उनी लभर ब्वाईको भूमिकामा प्रस्तुत हुने निर्देशक भट्टराईले जानकारी दिए । फिल्मको आगामी मार्चबाट छायांकन सुरु गर्ने तयारी भएको छ ।
अनमोल आगामी फागुन अन्तिमबाट फिल्म ‘एक्स ९’ को छायांकन सुरु गर्ने तयारीमा थिए । यसका लागि उनले शरीर बनाउन तीन महिना जिममा पसिना पनि बगाए । तर, तत्काल यो फिल्म नबन्ने भएपछि उनले ‘हनी बनी’ साइन गरेका हुन् । फिल्ममा उनको अपोजिटका लागि निर्माण टिमले अभिनेत्री खोजिरहेको छ । चाँडै अन्य कलाकारहरुको पनि टुंगो लाग्ने दीवाकरले बताए ।
प्रतिक्रिया दिनुहोस