संजय कपुरकी छोरी सनायालाई बलिउडमा डेब्यु गराउदै करन जोहर

संजय कपुरकी छोरी सनायालाई बलिउडमा डेब्यु गराउदै करन जोहर
Glammandu प्रकाशित: सोमबार, ०९ चैत्र २०७७, १३ : ३३ pm

बलिउडका चर्चित एबं शक्तिशाली फिल्म र्निमाता करण जोहरले आफ्नो कम्पनी धर्मा प्रोडक्शनमार्फत बलिउडका स्टार किड्सहरुलाई बलिउडमा डेब्यू गराउँदै आएको छन् । 

जसका कारण धर्माका प्रमुख करण जोहरलाई बलिउडमा ‘नेपोटिज्म’ लाई बढावादिन प्रमुख भूमिका खेल्ने गरेको आरोप समेत लाग्दै आइरहेको छ ।

जस्तो आरोप लागेपनि करणले भने स्टार किड्सहरुलाई डेब्यू गराउन भने छाडेका छैनन् । करणले अब फेरी एक स्टार किड्सलाई बलिउडमा डेब्यू गराउने तयारी गरेका छन् । नायक संजय कपुरकी छोरी सनाया कपुरलाई धर्मा प्रोडक्सन मार्फत बलिउडमा डेब्यू गराउने तयारी गरेको  धर्माका प्रमुख करण जोहरले सामाजिक संजालबाट जानकारी गराएका छन् ।

चलचित्र ‘गुञ्जन सक्सेना’मा पनि सहयोगीको रुपमा काम गरिसकेकी सनाया धर्मा कर्नरस्टोन एजेन्सीमा आवद्ध भैसकेकी छिन् । साथै, उनले जुलाई महिनाबाट छायांकन हुने नयाँ चलचित्रबाट बलिउडमा डेब्यू समेत गर्ने छिन् । उनले हालै मात्र एक वेव सिरिजमा पनि काम गरेकी थिइन् ।
 

प्रकाशित: सोमबार, ०९ चैत्र २०७७, १३ : ३३ pm

प्रतिक्रिया दिनुहोस

Related News