सोमबार सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: सोमबार, ०९ चैत्र २०७७, ११ : १७ pm

आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

हिजो (आइतबार) तोलाको ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (सोमबार) २ सय रुपैयाँले घटेर तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज (सोमबार) चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो तोलाको १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित: सोमबार, ०९ चैत्र २०७७, ११ : १७ pm

प्रतिक्रिया दिनुहोस

Related News