नेपाली भाषाको डिजिटल प्रविधिमा निमार्ण गरिने कथानक चलचित्र सन्धुलीगढीलाई चलचित्र बोर्डले स्वीकृती दिएको छ । चलचित्र बोर्डको माघ ११ गतेको निर्णयले चलचित्रलाई निमार्णको स्वीकृती दिएको हो ।
स्वीकृती पाएसँगै अब चलचित्र निर्माणको सुरु हुनेछ । चलचित्रलाई विश्वमणि घिमिरेले निर्देशन गर्नेछन् । चलचित्रको मुख्य कलाकारहरु मनोज भेटवाल, लक्ष्मी भटराई र सुधा कार्की रहेका छन् ।
प्रतिक्रिया दिनुहोस