गायिका आनीछोइङ डोल्मा कोरोना संक्रमित भएकी छिन् । उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजाल मार्फत जानकारी गराएकी छिन् ।
उनले सामाजिक सञ्जालमा भनेकी छिन् ‘कोरोनाले धेरैलाई संक्रमित गर्ने सम्भावना छ । त्यसैले सावधानी अपनाउनुहोला, मास्क लगाउनुहोला, ह्याण्ड सेनिटाइजर बारम्बार प्रयोग गर्नुहोस् ।’ अत्यआवश्यक कमबीना घरबाट बाहिर ननिस्किन समेत उनले सबैमा आग्रह गरेकी छन् ।
उनले आफू होम आइसोलेसनमा रहेको समेत जानकारी गराएकी छिन् ।
प्रतिक्रिया दिनुहोस