डि.पी खनालको शब्द र रचना रिमालको स्वर रहेको ‘पर्नु पिर पर्‍यो’ सार्वजनिक

डि.पी खनालको शब्द र रचना रिमालको स्वर रहेको  ‘पर्नु पिर पर्‍यो’ सार्वजनिक
Glammandu प्रकाशित: बुधबार, ०५ माघ २०७८, ११ : ५६ pm

डस म्युजिकको प्रस्तुतीमा रहेको रोमान्टिक गीत ‘पर्नु पिर पर्‍यो’को भिडियो सार्वजनिक भएको छ । उक्त गीत ‘डस म्युजिक नेपाल’ युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । 

डि,पी खनालको शब्द, संगीत तथा स्वरमा रहेको यस गीतमा डिपिको साथमा रचना रिमालले स्वर दिएकी छन् । विश्व अधिकारीले संगीत संयोजन गरेको गीतलाई बिप्लव अधिकारीले ओपल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरेका हुन् ।

सुब्रत आचार्यले निर्देशन गरेको सार्वजनिक भिडियोमा मोडल सुधिर श्रेष्ठ र रेश्मा घिमिरेको अभिनय रहेको छ । भिडियोमा आफ्नो जमानाको कलेज लाईफको सम्झना गरिएको छ । बुढेसकालमा युवायुवतीको प्रेम देखेर आफ्नो पुरानो प्रेम कहानी सम्झना गरिएको छ । क्याम्स पढ्ने बेला युवा युवतीबीच हुने आकर्षण र त्यसको सार्थकता पुरा भिडियो हेरेपछि बुझिन्छ ।

उक्त गीतकी निर्माता सदु थापा खनाल हुन् । दिपेन गौतम माईकल प्रोडक्शन डिजाईनर रहेको भिडियोका सह(निर्देशक साईब्रत आचार्य हुन् भने क्रियटिभ निर्देशक जया शर्मा हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियो बिजेश पौडेलले सम्पादन, कलर तथा भिएफएक्स गरेका छन् ।

गीतलाई अहिलेसम्म १ लाख २६ हजार भन्दा धेरैले हेरिसकेका छन् । 

भिडियो हेर्नुस् :

 

प्रकाशित: बुधबार, ०५ माघ २०७८, ११ : ५६ pm

प्रतिक्रिया दिनुहोस

Related News