काेराेना प्रभाव : हास्य टेलिशृंखला “सक्किगोनि” काे प्रसारण स्थगित

काेराेना प्रभाव : हास्य टेलिशृंखला “सक्किगोनि” काे प्रसारण स्थगित
Glammandu प्रकाशित: मंगलबार, ११ फागुन २०७७, ११ : ३२ pm

ग्ल्याममाण्डू, काठमाडौं – हाल विश्वव्यापी रूपमा फैलिरहेकाे कोरोना भाईरस(Covid-19) ले  गर्दा साप्ताहिक रूपमा प्रसारण भइरहेकाे हास्य टेलिशृंखला “सक्किगोनि” काे प्रसारण समेत स्थगित गरिएकाे छ ।


सक्किगोनिका अर्जुन घिमिरे पाँडेले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै यस्ताे जनाएका हुन् ।


कोराेनाकाे संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको लक डाउनको अनुरोधलाई आत्मसाथ गर्दै अर्को सुचना नआएसम्म हाम्रा नियमित कार्यक्रमहरु हाल लाई स्थगित गर्ने र आफू सेल्फ क्वारेन्टाईनमा बस्ने निर्णय गरेका छौैं, उनले बताए ।

साथै, उनले यसबाट दर्शकहरुमा पर्न जाने असुविधाप्रती आफूहरू क्षमाप्रार्थी रहेकाे बताएका छन् ।

प्रकाशित: मंगलबार, ११ फागुन २०७७, ११ : ३२ pm

प्रतिक्रिया दिनुहोस

Related News