भारतीय कथक सम्राट पण्डित बिर्जु महाराजको निधन

भारतीय कथक सम्राट पण्डित बिर्जु महाराजको निधन
Glammandu प्रकाशित: सोमबार, ०३ माघ २०७८, ११ : ३० pm

भारतीय कथक सम्राट पण्डित बिर्जु महाराजको हृदयाघातका कारण निधन भएको छ । पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुले आइतबार राति नयाँदिल्लीमा अन्तिम श्वास फेरेका हुन् ।

समाचारअनुसार आइतबार राति बिर्जु नातिसँग खेलिरहेका थिए । सोही समयमा उनलाई हृदयाघात भई बेहोस भएका थिए । त्यसपछि नयाँदिल्लीकै साकेतको एक अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

परिवारले बिर्जुलाई केही दिनअघि मृगौलामा समस्या देखिएपछि डायलाइसिस गरिएको जनाएको छ । उनको निधनमा बलिउडकर्मीले श्रद्धाञ्जली दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत बिरजुको निधनमा शोक व्यक्त गरेका छन् । ‘उनको निधनले सम्पूर्ण कला जगतलाई अपूरणीय क्षति पुगेको छ । शोकको यो घडीमा परिवारजन र प्रशंसकमा समवेदना व्यक्त गर्दछु’, उनले लेखेका छन् ।

प्रकाशित: सोमबार, ०३ माघ २०७८, ११ : ३० pm

प्रतिक्रिया दिनुहोस

Related News