‘द भ्वाइस किड्स’ को उपाधी जेनिश उप्रेतीलाई

‘द भ्वाइस किड्स’ को उपाधी जेनिश उप्रेतीलाई
Glammandu प्रकाशित: आइतबार, ०२ माघ २०७८, ११ : १९ pm

बाल गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ को उपाधि जेनिश उप्रेतीले जितेका छन् । हिमालय टेलिभिजनबाट प्रसारण भएको यो शोमा टीम प्रमोदबाट झापाका जेनिश उप्रेती विजेता बनेका हुन् । टीम प्रमोदबाट झापाकै रुक्सना लिम्बु पनि फाइनलमा पुगेकी थिइन् । 

त्यस्तै, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए ।

विजेता बनेसँगै उप्रेतीले १५ लाख रुपैयाँ नगद पुरस्कार, ‘द भ्वाइस किड्स’को ट्रफी प्राप्त गरेका छन् । 

प्रकाशित: आइतबार, ०२ माघ २०७८, ११ : १९ pm

प्रतिक्रिया दिनुहोस

Related News