हरिवंशको ‘कर्कलो कोक्याउला’ सार्वजनिक

हरिवंशको ‘कर्कलो कोक्याउला’ सार्वजनिक
Glammandu प्रकाशित: विहीबार, २९ पुस २०७८, १६ : ३३ pm

वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ’कर्कलो कोक्याउला’ सार्वजनिक गरिएको छ । सो गीतमा हरिवंशलाई गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् । 

किरण तुलाधरको एरेन्ज गरेको सो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । 

भिडियोमा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डेको अभिनय छ। भिडियोलाई सुशील सापकोटाले खिचेका छन् ।

प्रकाशित: विहीबार, २९ पुस २०७८, १६ : ३३ pm

प्रतिक्रिया दिनुहोस

Related News