छक्का पन्जा टिमको गितमा किन अटेनन् जितु, के सम्बन्ध बिग्रेकै हो त ?

छक्का पन्जा टिमको गितमा किन अटेनन् जितु, के सम्बन्ध बिग्रेकै हो त ?
Glammandu प्रकाशित: आइतबार, ०८ चैत्र २०७७, १३ : २६ pm

शनिबार एक कार्यक्रमको बिच हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाको ‘धनियाँ के होली’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतलाई ‘छक्का पन्जा’ टिमले निर्माण गरेको हो भने भिडियोको निर्देशन दीपाश्रीले गरेकी हुन् ।

यो गीतको भिडियोमा ‘छक्का पन्जा’को सिरिजमा देखिने अधिकांश कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलादेखि किरण केसी, रवि डंगोल, शिवहरि पौडेल लगायतका कलाकार देखिएका छन्, तर यहि टिमका एक महत्वपुर्ण सदस्य कलाकार जितु नेपाल भने देखिएका छैनन् । 

‘छक्का पन्जा’ टिम र कलाकार जितु नेपालविच सम्बन्ध विग्रिएको खबर सार्वजनिक भएको केही महिना भयो । जितुले संचालन गर्दै आएको ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री निरौला बाहिरिएपछि ‘छक्का पन्जा’ टिम र उनीहरुविच सम्बन्ध विग्रिएको हो । 

जितु आफैले सम्बन्ध विग्रिएको खबरलाई अस्विकार पनि गर्दै आएका थिए । दिपकराज गिरी र जितु भने एकसाथ कुनै कार्यक्रममा देखिएका छैनन् भने जितु र दीपाश्री विभिन्न कार्यक्रममा एकसाथ देखिने गरेकाछन् । कुनै कार्यक्रममा एकसाथ देखियपनी दिपक र जितुका बिचमा बाेलचाल भएको भने देखियको छैन । 

अब, ‘छक्का पन्जा’ टिमको गीतमा टिमका महत्वपुर्ण सदस्य जितु नै  नदेखिनुले पनि यो टिमकाे  सम्बन्धमा फाटाे आइसकेको कुरा अनुमान लगाउन सकिन्छ । 
 

प्रकाशित: आइतबार, ०८ चैत्र २०७७, १३ : २६ pm

प्रतिक्रिया दिनुहोस

Related News