नेपाली चलचित्र ‘प्रेम गीत ३’को प्रदर्शन मिति स्थगित भएको छ । फागुन १३ गते रिलिज हुने भनिएको उक्त फिल्म अनिश्चितकालका लागि स्थगित भएको हो ।
फिल्म निर्देशक तथा निर्माता सन्तोष सेनले फेसबुकमार्फत रिलिज मिति स्थगित गरिएको जनाकारी गराएका छन् । चलचित्र प्रेम गीत ३ हिन्दी भाषामा पनि डबिङ गरिएको छ । उक्त फिल्मलाई हिन्दी भाषामा बाहुबलीका कलाकारहरुले डबिङ गरेका थिए ।
स्वर्गिय छेतेन गुरुङको कथारनिर्देशन रहेको फिल्ममा प्रदिप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, लक्ष्मी बर्देवा, मनिष राउत, पुस्कर कार्कीलगायतका कलाकारहरुको अभिनय रहेको छ।
प्रतिक्रिया दिनुहोस