सुनको मूल्यमा बढोत्तरी, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा बढोत्तरी, कति पुग्यो तोलाको ?
Glammandu प्रकाशित: आइतबार, ०८ चैत्र २०७७, ११ : १७ pm

आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ । 

गएको (शुक्रबार) तोलाको ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (आइतबार) ५ सय रुपैयाँले बढेर तोलाको ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । गएको शुक्रबार तेजावी सुनको मूल्य तोलाको ८६ हजार २ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज आइतबार चाँदीको मूल्य पनि बढेको छ । गएको शुक्रबार तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित: आइतबार, ०८ चैत्र २०७७, ११ : १७ pm

प्रतिक्रिया दिनुहोस

Related News