योगेश काजीको ‘स्वाँस फेरी’ सार्वजनिक

योगेश काजीको ‘स्वाँस फेरी’ सार्वजनिक
Glammandu प्रकाशित: शुक्रबार, १६ पुस २०७८, १५ : ४२ pm

योगेश काजीको श्वरमा रहेको गीत ‘स्वाँस फेरी’ सार्वजनिक भएको छ । उक्त गीत ‘मिलप  क्रियशन’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । 

गीतमा गीता अधिकारीको शब्द, योगेश काजीकै संगीत तथा एरेञ्ज रहेको छ । गीतको भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंह लगायतको अभिनय छ ।

भिडियोलाई श्याम खत्री तथा भीष्म फुलाराल निर्देशन गरेका हुन् । सुनिता बस्नेतको कोरियोग्राफ, यमबहादुर चौधरीको छायांकन रहेको भिडियोमा शोखिन तिमिल्सिनाको सम्पादन छ । 

गीतलाई अहिलेसम्म ३६ हजार ५ सय भन्दा धेरैले हेरिसकेका छन् । 

भिडियो हेर्नुहोस् :

 

प्रकाशित: शुक्रबार, १६ पुस २०७८, १५ : ४२ pm

प्रतिक्रिया दिनुहोस

Related News