अर्घाखाँचीका सर्जक चौहानको 'मया मारिछौ मायालु' सार्वजनिक

अर्घाखाँचीका सर्जक चौहानको 'मया मारिछौ मायालु' सार्वजनिक
Glammandu प्रकाशित: आइतबार, ११ पुस २०७८, १३ : ०५ pm

अर्घाखाँचीका गीतकार तथा संगीतकार अभिनव चौहानको नयाँ गीत मया मारिछौ मायालु' सार्वजनिक भएको छ ।

चौहानको लय तथा शब्द सिर्जनामा तेजेन्द्र दुराको आवाज र एरेन्ज विष्णु भट्टराईको कथा, निर्देशन, छायांकन र सम्पादनमा जुना गुरुङ पदम भट्टराई र विनोद खड्काको अभिनयमा 'मया मारीछौं मायालु' बोलको गीत शनिबार सार्वजनिक भएको हो । 

यसअघि पनि आमाले किन्दिएको पछ्यौरी, माइतिघरको आँगनी, माया नहिँड तर्केर, भरमा पर्दिन, मलाई छोडेसी, आएका छन् परदेशी घरमा, तिहारै आयो लगायतका करीव एक दर्जन बढी गीत लेखिसकेका चौहानको नयाँ गीत युट्युव मार्फत शनिबार सार्वजनिक भएको हो । ‘एउटा वियोगान्त प्रेम कथामा आधारित गीत  मया मारीछौ मायालुलाई आजबाट तपाईहरुको विचमा ल्याएका छौं,'  चौहानले भने ।

प्रकाशित: आइतबार, ११ पुस २०७८, १३ : ०५ pm

प्रतिक्रिया दिनुहोस

Related News