एक दशक पुरागर्दै डिशहोमको ‘प्लस मुभि’ च्यानल

एक दशक पुरागर्दै डिशहोमको ‘प्लस मुभि’ च्यानल
Glammandu प्रकाशित: शुक्रबार, ०६ चैत्र २०७७, १८ : ०३ pm

टेलिभिजनमा नेपाली चलचित्रहरुमार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्य सहित डिशहोमले सञ्चालन गरेको ‘प्लस मुभि’च्यानलले एक दशक पुरा गरेको छ ।

डिशहोममा ‘मुभि अन डिमाण्ड’ नामबाट सुरु गरिएको यो च्यानल सन २०१२ देखि ‘प्लसमुभि’ च्यानलको नामबाट सञ्चालनभइरहेको छ । दैनिक ८ शो नेपालीचलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल
डिशहोमका दर्शकहरुमाझ अत्यन्तै लोकप्रिय छ ।

नयाँ,पुरानातथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको ‘प्लस मूभि’च्यानल डिशहोममा एचडी गुणस्तरमा हेर्न सकिन्छ ।

यस च्यानल मार्फत दुरदराजका दर्शकहरुले समेत नेपाली चलचित्र सजिलै हेर्न पाएका छन् ।‘प्लस मूभि’ सँगै डिशहोमले रमाईलो, एक्सन स्पोर्टस्, सरोकार, रियालिटी टिभि, गुञ्जन, सिनेहिट्स,कमेडीप्लस्,डीमुभिज, जुनियर, राईम्स्, डि म्यूजिक, नेपाः, मधेश प्लस जस्ता आफ्नै च्यानलहरु पनि प्रसारण गरिरहेको छ ।
 

प्रकाशित: शुक्रबार, ०६ चैत्र २०७७, १८ : ०३ pm

प्रतिक्रिया दिनुहोस

Related News