२०२१ मा छुट्टिएका यी चर्चित जोडी

२०२१ मा छुट्टिएका यी चर्चित जोडी
Glammandu प्रकाशित: आइतबार, ०४ पुस २०७८, १४ : ३९ pm

बलिउड र हलिउडमा केही यस्ता जोडी छन्, जसको डिभोर्सको खबरले उनीहरुका फ्यानलाई निकै दुःखी बनायो । सन् २०२१ लाई हेर्ने हो भने बलिउडदेखि हलिउडसम्मका केही लोकप्रिय जोडीको सम्बन्धविच्छेदले सामाजिक सञ्जालदेखि फिल्म उद्योगमै तरंग ल्याइदियो ।

करण मेहरा र निशा रावल

टेलिभिजनको सुन्दर जोडी करण मेहरा र निशा रावलका लागि सन् २०२१ दुःखदपूर्ण रह्यो । सन् २०१२ मा हाँसीखुशी विवाह गरेका यो जोडी २०२१ मा अलग्गिए । निशाले करण र उनको परिवारलाई आफुमाथि कुटपिट गरेको आरोपसम्म लगाइन् । करणले पनि निशालाई दिमागी रुपले बिरामी भएको आरोप लगाए । दुवैको झगडा लामो समयसम्म चल्यो । आरोप प्रत्यारोपबीच उनीहरुले डिभोर्स दिए ।

नुसरत जहाँ र निखिल जैन

अभिनेत्री र तृणमूल काँग्रेसकी एपमी नुसरत जहाँले पति निखिल जैनलाइ नोभेम्बर २०२० मा छोडिदिइन् । यद्यपि सन् २०२१ मा नुसरतले यो कुराको घोषणा गरिन् । उनले निखिलसँग आफ्नो विवाहलाई अमान्य बताएर सर्वसाधारणलाई आश्चर्यमा पारेकी थिइन् । यता निखिलले नुसरतमाथि धोका दिएको आरोप लगाए । नुसरतको अभिनेता यश दासगुप्तासँगको सम्बन्ध र गर्भवतीसम्म भएको खबरले खुबै चर्चा पायो । जुन चर्चा वास्तविकमा सत्य साबित भयो ।

किम कार्दाशियाँ र कान्ये वेस्ट

हलिउड सेलिब्रेटी किम कार्दाशियाँ र उनका पति कान्ये वेस्ट अलग्गिएको खबर अर्को आश्चर्यजनक खबर थियो । किमले आफू र कान्ये अलग्गिएको घोषणा गरेकी थिइन् । यसअघि कान्येले सामाजिक सञ्जालमा निकै नाटक गरेका थिए । कान्येले केही दिन अघिमात्र किमलाई अन्तिम मौका दिने बताएका थिए । तर किमले यो कुरालाई वास्ता गरिनन् ।

आमिर खान र किरण राव

बलिउड अभिनेता आमिर खान र निर्मात्री तथा लेखक किरण राव अलग्गिएको घोषणा गर्नु सन् २०२१ को सबैभन्दा दुःखद पक्ष थियो । आमिर र किरणले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आफूहरुले १५ वर्षे वैवाहिक सम्बन्धलाई टुंग्याएको जनाएका थिए । आफूहरु अलग्गिए पनि छोरा आजादको पालनपोषणमा सहकार्य गर्ने उनीहरुको भनाइ थियो ।

समान्था रुथ प्रभु र नागा चैतन्य

दक्षिण भारतीय फिल्मकी अभिनेत्री समान्था रुथ प्रभु र अभिनेता नागा चैतन्यको जोडी दक्षिण भारतीय फिल्ममा सर्वाधिक रुचाइएको जोडी हुन् । तर उनीहरु विवाहको चार वर्षपछि अलग्गिने निर्णयमा पुगे । अहिले उनीहरु आ–आफ्नो जीवनलाई अगाडि बढाइरहेका छन् ।

हनी सिंह र शालिनी तलवार

बलिउडका र्‍यापर हनी सिंह र उनकी पत्नी शालिनी तलवार अलग हुन जति नाटक गरियो, सायद यो नाटक अहिलेसम्म अरु कसैले गरेका थिएनन् । सन् २०२१ मा शालिनीले हनीविरुद्ध घरेलु हिंसाको मुद्धा दर्ता गरिन् । यो मुद्धामा उनले ठूलो क्षतिपूर्तिको माग गरिन् । हनीले आफूमाथिको आरोप झुठो बताए पनि उनले सजाय भोग्नुपर्यो ।

कीर्ति कुल्हारी र साहिल सहगल

बलिउड अभिनेत्री कीर्ति कुल्हारीले पति साहिल सहगलसँग सन् २०१६ मा विवाह गरेकी थिइन् । सन् २०२१ मा उनले साहिलसँग अलग्गिने निर्णय लिइन् । उनले अलग्गिने निर्णय लिए पनि कागजपत्रमा उनीहरु अझैं सँगै छन् ।

जेनिफर लोपेज र एलेक्स रोड

हलिउड अभिनेत्री जेनिफर लोपेजले आफ्नो हुनेवाला दुलाहा एलेक्स रोडसँग दुई वर्षअघिको इन्गेजमेन्टलाई सन् २०२१ मा टुंग्याइन् । एलेक्स एक विवादमा मुछिएपछि जेनिफर उनीसँग रिसाएकी थिइन् । अहिले जेनिफर बेन एप्लेकसँगको सम्बन्धमा छिन् ।

प्रकाशित: आइतबार, ०४ पुस २०७८, १४ : ३९ pm

प्रतिक्रिया दिनुहोस

Related News