बुद्ध र सुनिताको ‘के छ खबर’ मा सागर र उषा

बुद्ध र सुनिताको ‘के छ खबर’ मा सागर र उषा
Glammandu प्रकाशित: शुक्रबार, ०२ पुस २०७८, १६ : ४२ pm

गीतकार हिराकाजी थापा र संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको ‘के छ खबर’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 

पहिलो नेपाल आइडल बुद्ध लामा र गायिका सुनिता कार्कीको स्वर रहेको सो म्युजिक भिडियालाई गायक थापाले निर्देशन गरेका हुन् । भिडियोमा मोडल उषा उप्रेती र अभिनेता सागर खनालको अभिनय छ । 

लामो समयदेखि एकअर्काको प्रेममा रहेका एक जोडीको रोमाञ्चक प्रेम कहानीलाई उषा र सागरका माध्यमबाट निर्देशक हिराकाजी थापाले कलात्मक शैलीमा देखाएका छन् । उक्त गीतमा थापाकै शब्द सृजना रहेको छ । 

राहुल प्रधानको संगीत संयोजन रहेको गीतमा वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत छ । प्रमोद भण्डारीको  कोरियोग्राफी रहेको गीतको भिडियोको छायांकन सागर प्रधानले गरेका हुन् भने सम्पादन अनिल राना मगरले गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

 

प्रकाशित: शुक्रबार, ०२ पुस २०७८, १६ : ४२ pm

प्रतिक्रिया दिनुहोस

Related News