अमेरिकामा आयोजना भएको मिस वर्ल्ड २०२१ का केही प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यक्रम अनिश्चित कालको लागि स्थागित गरिएको छ । प्रतियोगितामा सहभागीमध्ये १७ प्रतिस्पर्धीमा कोरोना पोजिटिभ देखिएको हो ।
प्रतियोगी, आयोजक र कर्मचारीमा पुष्टि भएपछि कार्यक्रम अनिश्चितकालका लागि स्थगित गर्नुपरेको आयोजकले जानकारी गराएको छ । अवस्था सामान्य भएमा प्रतियोगिता तीन महिनापछि पुनः सञ्चालन गरिने जानकारी दिइएको छ ।
मिस वर्ल्ड २०२१ मा सहभागी हुन नेपालबाट गएकी नम्रता श्रेष्ठको भने कोरोना भाइरस संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको छ । त्यस्तै भारतबाट गएकी भारतीय सुन्दरी मनासाको भने नतिजा पोजेटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस