हरनाज सन्धु बनिन् ‘मिस युनिभर्स २०२१’ को विजेता

हरनाज सन्धु बनिन् ‘मिस युनिभर्स २०२१’ को विजेता
Glammandu प्रकाशित: सोमबार, २७ मंसिर २०७८, १४ : ४४ pm

सुन्दरी प्रतियोगिता ‘मिस युनिभर्स – २०२१’ को विजेता भारतीय सुन्दरी हरनाज सन्धु बनेकी छन् । 

विजेता घोषणाा पछि सन् २०२० कि मि यूनिभर्स विजेता मेक्सिकोकी आन्द्रिया मेजाले हरनालाई ताज पहिराइदिइन् । हरनाजले पाराग्वेकी नादिया फरेरा र दक्षिण अफ्रिकाकी ललेला मसवानेलाई पछाडि पार्दै ताज पहिरिएकी थिइन् । नेपालबाट भने मिस युनिभर्समा सुजिता बस्नेत प्रतियोगी भएर गएकी थिइन् । 

पञ्जाबकी हरनाजले प्रतियोगिता जितेसँगै भारतले २१ वर्षपछि फेरी मिस युनिभर्सको ताज आफ्नो पोल्टोमा पारेको हो ।

प्रकाशित: सोमबार, २७ मंसिर २०७८, १४ : ४४ pm

प्रतिक्रिया दिनुहोस

Related News