रोष्ट एण्ड र्याप ब्याटलको ताजा श्रृंखलाको ट्रेलर सार्वजनिक भएको छ ।
सात जनाको कलाकार टोलीलाइ विभिन्न हास्य सामाग्रीहरुमा समेट्दै आएको नेपग्याजमले भर्खरै रोष्ट एण्ड र्याप ब्याटलको ताजा श्रृंखलाका लागि एउटा फरक प्रयोग सहितको ट्रेलर आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत् सार्वजनिक गरेको हो ।
ट्रेलरमा कलाकार लेखमणी त्रिताल आफै तीन फरक पात्र (लेखमणी त्रिताल, रमेश अंकलको छोरो र रमेश चाचा के लैका) लाई एउटै स्क्रिनमा एकअर्कासँग उडन्ते पारामा ब्याटल गर्दै गरेको देख्न सकिन्छ ।
नेपग्याजमको आधिकारीक युट्युब च्यानलमा सार्वजनिक ट्रेलरलाइ दर्शकहरूले राम्रो प्रतिक्रिया दिइरहेका छन् भने पुरा श्रृंखला हेर्न आतुर रहेको किसिमका प्रतिक्रियाहरु लेखिएका छन् । युवाहरुमाझ अत्याधिक रुचाइएका नेपग्याजमका चर्चित स्ट्याण्डअप कमेडियन लेखमणी त्रितालले आफ्ना स्ट्याण्डअप कमेडीका सामाग्रीहरुमा आफ्नो साथी रमेश अंकल छोरोको प्रशङ्ग, उसको हाउभाउ, उसको उत्पट्याङ लवज तथा घटनाहरुलाइ भिडियोमा समावेश गर्दैआएका छन् भने रमेश चाचा के लैकालाइ तराइको पात्रको रुपमा पस्किदै आएका छन् ।
‘ठ्याक्कै त भन्न सकिन्न तर जारी सामाग्री सम्भवत यस वर्गको हास्य सामाग्री विधाहरुमा नेपालमैं यो पहिलो प्रयोग हुनसक्छ, नेपग्याजमको परिकल्पना र लेखमणी त्रितालको लेखनमा यो सामाग्री हामीले तयार पारेका हौं’ नेपग्याजमका व्यवस्थापकिय निर्देशन आशिष शाहीले बताए ।
रोष्ट एण्ड र्याप ब्याटल को यस विशेष श्रृंखलामा ट्रिपल रोलमा देखिएका कलाकार त्रिताल भन्छन्, ‘मलाइ धेरै अघिदेखि आफूले अभिनय गरेका पात्रहरुलाई एउटै स्क्रिनमा ल्याउने योजना थियो । तर, कहिले कोरोना, कहिले लकडाउन, कहिले के केले गर्दा काम गर्न सकिएको थिइएन । केही दिन अघि साथीहरुको बसाइमा ट्रिपल रोल गर्ने कुरो भयो र सामाग्री तयार पनि गर्यौं । म उत्साहित छुँ, मिहिनेत साथ यसको उत्पादन तथा सम्पादनमा एउटा राम्रो अभ्यास गरेका छौं, पहिलो ट्रेलरमा दर्शकले देखाउनुभएको प्रतिक्रिया तथा जोश हेर्न लायक छ । मलाइ आशा छ फाइनल सामाग्रीले यहाँहरुलाई मनोरञ्जन प्रदान गर्नेछ ।’
रोष्ट एण्ड र्याप ब्याटलको यो श्रृंखला यही बिहिबार साँझ ७ बजे नेपग्याजमको आधिकारीक युट्युब च्यानलबाट हेर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस