राजनराजको नयाँ गीत ‘ढाकै खुलेन’ सार्वजनिक

राजनराजको नयाँ गीत ‘ढाकै खुलेन’ सार्वजनिक
Glammandu प्रकाशित: बुधबार, २२ मंसिर २०७८, १४ : २८ pm

गायक तथा संगीतकार राजनराज शिवाकोटीको नयाँ गीत  ‘ढाकै खुलेन’ सार्वजनिक भएको छ । उक्त गीत हिजो (मंगलबार) ‘म्युजिक जक्सन’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । 

गायक शिवाकोटीकै शब्द तथा संगीत रहेको यो गीतमा गायक शिवाकोटीलाई गायिका सरु गौतमले स्वरमा साथ दिएकी छिन् । सियोन श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोको छायांकन चक्र बहादुर बरालले गरेका हुन् । गीतको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् । 

गीतको म्युजिक भिडियोमा समारिका ढकाल र प्रथम क्षेत्रीले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस् :


 

प्रकाशित: बुधबार, २२ मंसिर २०७८, १४ : २८ pm

प्रतिक्रिया दिनुहोस

Related News