सुनको मूल्यमा बढोत्तरी, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा बढोत्तरी, कति पुग्यो तोलाको ?
Glammandu प्रकाशित: बुधबार, २२ मंसिर २०७८, ११ : ३५ pm

आज (बुधबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार)  छापावाल सुन प्रतितोला ९१ हजार ८ सय हजार रुपैयाँमा कारोबार भएकोमा आज ५ सय रुपैयाँले बढेर तोलाको ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ कायम भएको थियो । 

त्यस्तै, आज बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १ हजार १ सय ९० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

61b047d7ccf95.JPG
प्रकाशित: बुधबार, २२ मंसिर २०७८, ११ : ३५ pm

प्रतिक्रिया दिनुहोस

Related News