चलचित्र ‘लक्का जवान’ वैशाखमा रिलिज हुँदै

चलचित्र ‘लक्का जवान’ वैशाखमा रिलिज हुँदै
Glammandu प्रकाशित: मंगलबार, २१ मंसिर २०७८, १४ : ४२ pm

कमेडी विषयवस्तुमा निर्माण भएको फिल्म  ‘लक्का जवान’ आगामी नयाँ वर्षमा रिलिज हुने भएको छ । चलचित्र निमार्ण टोलिका अनुसार उक्त फिल्म वैशाख २३ गते रिलिज हुने मिति तय भएको हो । 

यसअघि २०७६ चैत २१ गतेलाई प्रदर्शन मिति तोकेर प्रचारप्रसार गरेर पनि रिलिज हुन सकेको थिएन । उक्त चलचित्रमा हास्य कलाकार शिवहरी पौडेलको निर्देशन रहेको छ । 

फिल्ममा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ ।


 

प्रकाशित: मंगलबार, २१ मंसिर २०७८, १४ : ४२ pm

प्रतिक्रिया दिनुहोस

Related News