सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: मंगलबार, २१ मंसिर २०७८, ११ : १२ pm

आज (मंगलबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यमा विरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार)  छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ कायम भएको थियो । 

त्यस्तै, आज मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार १ हजार २ सय रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

61aef0e791512.JPG
प्रकाशित: मंगलबार, २१ मंसिर २०७८, ११ : १२ pm

प्रतिक्रिया दिनुहोस

Related News