बलिउडकी अभिनेत्री ज्याकलिन विमानस्थलबाट पक्राउ

बलिउडकी अभिनेत्री ज्याकलिन विमानस्थलबाट पक्राउ
Glammandu प्रकाशित: सोमबार, २० मंसिर २०७८, १४ : १८ pm

बलिउडकी अभिनेत्री ज्याकलिन फर्नान्डेज मुम्बई विमानस्थलबाट पक्राउ परेकी छिन् । 

उनी दुई सय करोड भारतीय रुपैयाँको धोकाधडीको मुद्धामा पक्राउ परेकी हुन् । उनी अभिनेता सलमान खानको ‘द–बैंग टुर’का लागि रियाद उड्ने तयारीमा थिइन् । तर, उनलाई मुम्बई विमानस्थलको अध्यागमन विभागले विदेश उड्नबाट रोकेको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारतको प्रवर्तन निर्देशालयले सो मुद्दामा उनीविरूद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनलाई प्रहरीले मुम्बई विमानस्थलबाटै नियन्त्रणमा लिएको हो । 

मिडिया रिपोर्टका अनुसार ज्याकलिन यो मुद्दाका मुख्य अभियुक्त सुकेश चन्द्रशेखरको प्रेम सम्बन्धमा छिन् । उनीहरुको एक तस्वीर केही दिन अगाडि मात्र सार्वजनिक भएको थियो ।

प्रकाशित: सोमबार, २० मंसिर २०७८, १४ : १८ pm

प्रतिक्रिया दिनुहोस

Related News