आज सुनको मुल्य कति ?

आज सुनको मुल्य कति ?
Glammandu प्रकाशित: शुक्रबार, ०६ चैत्र २०७७, ११ : ०५ pm

आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

हिजो (बिहीबार) तोलाको ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज (शुक्रबार) ५ सय रुपैयाँले घटेर तोलाको ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज (शुक्रबार) चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित: शुक्रबार, ०६ चैत्र २०७७, ११ : ०५ pm

प्रतिक्रिया दिनुहोस

Related News