एकैदिन ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: आइतबार, १९ मंसिर २०७८, ११ : २० pm

आज (आइतबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको (शुक्रबार)  छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज ७ सय रुपैयाँले बढेर प्रतितोल ९२ हजार रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय हजार रुपैयाँ कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको थियो । 

त्यस्तै, आज आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार १ सय ९० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

61ac485f28fb7.JPG

प्रकाशित: आइतबार, १९ मंसिर २०७८, ११ : २० pm

प्रतिक्रिया दिनुहोस

Related News