कति छ आज सुन-चाँदीको बजार भाउ ?

कति छ आज सुन-चाँदीको बजार भाउ ?
Glammandu प्रकाशित: शुक्रबार, १७ मंसिर २०७८, ११ : २४ pm

लगानी खबर, काठमाडौं - आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (बिहीबार)  छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८ सय हजार रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको थियो । 

त्यस्तै, आज शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो १ हजार १ सय ५० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

61a9add863f41.JPG
प्रकाशित: शुक्रबार, १७ मंसिर २०७८, ११ : २४ pm

प्रतिक्रिया दिनुहोस

Related News