४ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

४ सयले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
Glammandu प्रकाशित: बुधबार, १५ मंसिर २०७८, ११ : २० pm

आज (बुधबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (मंगलबार)  छापावाल सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रुपैयाँले घटेर  प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजबी सुनको मूल्य ९१ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज मंगलबार चाँदीको मूल्य पनि घटेको छ । हिजो १ हजार २ सय ५ रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

 

61a709eeae53a.JPG
प्रकाशित: बुधबार, १५ मंसिर २०७८, ११ : २० pm

प्रतिक्रिया दिनुहोस

Related News