सुन-चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुन-चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
Glammandu प्रकाशित: मंगलबार, १४ मंसिर २०७८, ११ : ५० pm

आज (मंगलबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (सोमबार)  छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आज १ सय रुपैयाँले घटेर  प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ । सोमबार तेजबी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार १ हजार २ सय २० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

61a5bfc2e7513.JPG
प्रकाशित: मंगलबार, १४ मंसिर २०७८, ११ : ५० pm

प्रतिक्रिया दिनुहोस

Related News