समिक्षा अधिकारीको नयाँ गीत ‘मेरो जस्तो माया तिमीलाई’ सार्वजनिक

समिक्षा अधिकारीको नयाँ गीत ‘मेरो जस्तो माया तिमीलाई’ सार्वजनिक
Glammandu प्रकाशित: सोमबार, १३ मंसिर २०७८, ११ : ३० pm

पछिल्लो समय चर्चित अनि भाईरल भएकी गायिका समिक्षा अधिकारीको स्वरमा सेन्टिमेन्टल गीत मेरो जस्तो माया तिमीलाई सार्वजनिक भएको छ । उक्त गीत एक्का कम्पनी युट्युब च्यानलमार्फत हिजो (आइतबार) सार्वजनिक भएको हो । 

प्राय लोक दोहोरी शैलीका गीतहरुमा जम्दै र दर्शक श्रोताले मन पराउँदै आएकी समिक्षाका सेन्टिमेन्टल गीतहरु भने कमै सुन्न पाईन्छ । सानै उमेरमा थुप्रै गीतहरुमा स्वर भर्न सफल समिक्षाले हरेक शैलीका गीतहरु गाउन सक्छिन तर उनका लोक दोहोरी शैलीका गीतहरु अलि बढी हिट भएकाले पनि होला सायद गीतकार, संगीतकारहरुले यी शैलीका गीतहरु अलि बढि अफर गर्छन् ।

सानै उमेरमा गाउन सुरु गरेपनि र संगीतको औपचारिक शिक्षा हासिल नगरेपनि उनको स्वर परिपक्व सुनिन्छ । प्रस्तुत गीत मेरो जस्तो मायालाई पनि समिक्षाले न्याय गरेकी छिन् । दिलको बदला दिल दिएँ, म भन्दा नि, तिमी बिना बाँच्दिन म भन्ने तिमी गीतका संगीतकार राज कुमारसंग उनको यो पहिलो सहकार्य हो । हाललाई स्टुडियो भिडियोमार्फत सार्वजनिक गीतमा फिमेल भर्जनमा समिक्षाको स्वर रहेको छ भने मेल भर्जनमा नरहरि प्रेमीको स्वर, राज कुमारको शव्द संगीत, संजय हमालको अरेञ्जमेन्ट, दिल समर्पणको रेकर्डिङ, चन्द्र चौधरी (अकष्टिक नेपाल)को मिक्सिङ रहेको छ भने भिडियोमा कृष्ण बस्नेतको छायाँकन तथा स्वयम गीतकार तथा संगीतकार राज कुमारको सम्पादन रहेको छ ।  

अडियो राम्रो बने साधारण भिडियोबाट पनि राम्रो भ्युज जाने र दर्शक श्रोताले मन पराउने यसअघिका एक्का कम्पनी युट्युबबाट सार्वजनिक भएका गीतहरुले पनि प्रमाणित गरिसकेका छन् । तसर्थ यस गीतलाई पनि दर्शक श्रोताहरुले मन पराईदिन सक्नेछन् । 

भिडियो हेुर्नुहोस् :

प्रकाशित: सोमबार, १३ मंसिर २०७८, ११ : ३० pm

प्रतिक्रिया दिनुहोस

Related News